कोरोना आशङ्कामा काठमाडौं ल्याइएका झापाका विरामीमा रुघाखाेकी मात्रै भएको पुष्टि

काठमाडौं, ०३ चैत । कोरोना भाइरसको संक्रमण भएको आशंङ्कामा काठमाडौं ल्याइएका झापाका बिरामीमा सामान्य रुघाखोकी र ज्वरो मात्रै भएको पुष्टी भएको छ ।

आइतबार झापा भद्रपुरका ४२ बर्षीय एक व्यक्तीमा कोरोनाको जस्तै लक्षण देखिएको भन्दै उनलाई काठमाडौ रेफर गरिएको थियो ।

सुरुमा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका उनलाइ सोही अस्पतालका चिकित्सहरुले काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल रेफरर गरेका थिए ।

तर काठमाडौं ल्याएर चेक जाँच गर्दा उनमा कोरोना भाइरसको संक्रमण नभइ सामान्य ज्वरो र खोकी मात्रै भएको ग्राण्डी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस