लकडाउनमा थप कडाइ हुँदै, काठमाडाैं उपत्यकाबाट एकाबिहानै ६२५ जना पक्राउ

काठमाडाैं, १८ चैत । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको दोस्रो चरणको लकडाउनको पहिलो दिन काठमाडौं उपत्यकाबाट बिहानै ६२५ जना पक्राउ परेका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन पनि थप ८ दिनका लम्ब्याउने निर्णय गरेको थियाे । यसअघि सरकारले चैत १८ गते बिहान ६ बजेसम्मका लागि मात्रै लकडाउनको घोषणा गरेको थियाे ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलका अनुसार आज (मंगलबार) बिहानको अप्रेसनमा काठमाडौं उपत्यकाबाट ७८ जना महिलासहित ६ सय २५ जना पक्राउ परेका छन् । ६८ सवारीसाधन पनि नियन्त्रणमा लिइएकाे उहाँले जनाकारी दिनुभयाे ।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । अहिले सडकमा छिटफुट रुपमा हिँडडुल गर्नेबाहेक अरू देखिएका छैनन् । सवारी साधन पनि थोरै चलेका देखिन्छन् ।

लाई नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाडौंमा नियन्त्रणमा लिइएको हो। सडकमा होल्ड हुनेमध्ये ७८ जना महिला पनि रहेका छन्। यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ।

लकडाउनमा थप कडाइ हुने पनि डिआइजी पोखरेले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘लकडाउनमा थप कडाइ हुन्छ, होल्ड हुने समय थप्छौं ।’

नेपालमा अहिलेसम्म पाँच जनामा कोरोनको भाइरस संक्रमणको पुष्टि भएको छ । चीनको वुहानबाट आएका एक विद्यार्थी भने पूर्ण रुपमा निको भइसकेका छन् । अरु चार जनाको भने उपचार भइरहेको छ । उनीहरूकाे अवस्था सामन्य नै रहेकाे छ ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि अघिल्लाे आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत २५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस