शुक्रबार र शनिबार काठमाण्डौबाट बाहिर जान दिइने, तर काठमाण्डौ आउन नपाइने

काठमाण्डौ – लकडाउनका कारण धेरै मजदूर तथा अन्य अलपत्र परेपछि सरकारले शुक्रबार र शनिबार काठमाण्डौबाट बाहिर जान दिने निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो। शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने पनि समितिले निर्णय गरेको छ।

यसको मोडालिटी गृह मन्त्रालयले तयार पारिरहेको छ।

गएको ११ घोषणा भएको लक डाउन लम्बिए पछि सरकारले काठमाण्डौ बाहिर जानेलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको हो । सरकारले वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस