सरकार हुनु त यस्तो ! भुटानले २ जना नागरिक लैजान नेपाल पठायो विमान

काठमाडौं, बैशाख ६ । भुटानले कोरोना भाइरसका कारण गरिएको लकडाउनले देश फर्कन नपाएका आफ्ना दुई जना नागरिक लिन विमान पठाएको छ ।

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअरले दुई भुटानी नागरिकलाई उद्धार गरेर आफ्नो देश लगेको हो । शनिबार बिहान काठमाडौं आएको एटीआर ४२ सिरिजको विमानले नेपालमा रहेका उनीहरुलाई लिएर भुटान गएको हो ।

नेपाली चलचित्र ‘दुई नम्बरी’ को अभिनयका लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर विमान थिम्पु फर्केको हो ।

नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् ।

भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिने क्वरेण्टीनमा बसेको जनाइएको छ । स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउने निर्देशक लामाले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले पनि दुई जनालाई मात्रै लिन विमान आउनेभन्दा अचम्ममा परेको तर जहाज आएर दुई जना लिएर गएको सञ्चारमाध्यमलाई जानकारी दिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस