अब तरकारी खेती गर्न जग्गा होइन ड्रम भए पुग्छ ,यसरी फलाउनुस् तरकारी

काठमाडौं । विज्ञानको अगाडि कुनै पनि चिज असम्वभ छैन्। कृषिमा बढ्दो आधुनिकरण र विज्ञानले धेरै शहरबासीका यस्ता समस्याको समाधान निकालेको छ।बानेश्वरस्थित एरोरुट्स प्रालिले नेपालमा एरोबिक कृषि प्रणाली अन्र्तगत शहर केन्द्रित एउटा नयाँ खेती विधि भित्र्याएको छ। यो विधिमा धेरै ‘स्पेस’ को आवश्यक्ता पर्दैन, एउटा ३०० लिटरको ड्रम अट्ने ठाँउ भए पुग्छ।

गत एक वर्षदखि विभिन्न तरकारीहरुको सफल परीक्षण उत्पादन गरेपछि कम्पनीले यो विधि सार्वजनिक गरेको हो।यस विधिमार्फत् जमिन वा माटो बिनै हावा, पानीमार्फत एउटा परिवारलाई पुग्ने तरकारी फलाउन सकिने कम्पनीकी सानीया शाहीले बताइन्। शाहीले जमिन बिना उत्पादन गर्न सकिने, माटोभन्दा छिटो तथा धेरै फल्ने र वि-षा-दीमुक्त स्वस्थ उत्पादन भएकाले घर बाहेक जग्गा नभएका शहरबासीलाई उपयुक्त हुन्छ।

शाहीले बताए अनुसार यस विधि अन्र्तगत खेती गर्न एउटा ड्रम चाहिन्छ। तर यो ड्रम उपभोक्ता आफैंले तयार पार्ने होइन। कम्पनीले उपभोक्ताले कस्ता विरुवा उत्पादन गर्न चाहेको हो त्यसको आधारमा आवश्यक सम्पूर्ण पूर्वाधार तयार पारेर घरमा सो ड्रम फिट गर्छ।

कम्पनीले नै त्यस ड्रममा आवश्यक प्वाल, मटर लगायतका वस्तु फिट गरेर त्यसललाई मेसिनको रुप दिन्छ। सोही ड्रम (मेसिन) किनेर उपभोक्ताले खेती गर्ने हो।सो ड्रमममा ५८ वटा प्वाल बनाइएको छ। यी हरेक प्वालमा एक­एक वटा तरकारी उमान्र सकिन्छ। अर्थात यी सबै प्वालबाट ५८ वेग्लै बोट रोपेर तरकारी फलाउन सकिन्छ।

माटो नभएकाले तीनै प्वालमाथि स्पोट्का लागि फर्महरु राखिन्छ। आफूले कुन तरकारी वा फल रोप्न चाहेको हो सोही आधारमा प्रयोगशालामार्फत बिउलाई बेर्नामा परिणत गरिन्छ।ती बेर्नालाई केहि दिनपछि ड्रममा भएका प्वालहरुमा रोपिन्छ।जमिनको प्रयोग नगरिने भएकाले ड्रम भित्र बिरुवा हुर्कन र उत्पादन दिन थाल्नलाई चाहिने पोषण तत्वका, माटोमा पाइने ‘मिनरल’ र उचित मात्रामा पानी घोली त्यसकै पेस्ट (हाइ प्रेसर मिस्ट) राखिएको हुन्छ।

ड्रममा फिट गरिएको मोटरको सहायताले सो पेस्टलाई तापक्रम मिलाएर हरेक बिरुवासम्म पर्याइन्छ। यो पक्रियालाई सघाउन मोटर र एउटा टाइमर राखिएको हुन्छ।यसमा मोटरले बिरुवाको जरासम्म पोषण तत्व पुर्याउने काम गर्छ भने टाइमरले कुन बिरुवालाई कति समयको अन्तरालमा कति पोषण पुर्याउनु पर्ने हो त्यसै अनुसार कार्य गर्छ।

यसरी पुर्याइएको तत्वलाई बिरुवाको जराले उसलाई चाहिने मात्रामा स्वच्छ र यसरी सो बिरुवा माटोमाझैं प्राकृतिकरुपमा विकसित हुँदै जान्छ र फल दिन सूरु गर्छ।बिरुवाको जरा ड्रमभित्र हुन्छ भने फल प्वालबाहिर हुन्छ। बिरुवाको जरामा प्रकाश सोझै नपरोस भन्नलाई सो ड्रमलाई बिर्कोले छोपिन्छ।यस विधिमार्फत जमिनमा खेती गरेको भन्दा २० गुणा छिटो तथा निकै बढी उत्पादन हुने तथा लागत कम लाग्ने शाहीले बताइन्। उनका अनुसार यस विधिमा जमिनमा खेती गर्दा आवश्यक पानीको एक प्रतिशत भए पर्याप्त हुन्छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस