नेपालमा धमाधम डिस्चार्ज हुँदै कोरोनाका बिरामी,आज मात्रै २१ जना घर फर्कदै

काठमाडौं : नेपालमा कोरोना भाइरस लाई जितेर घर फर्कनेको संख्या बढ्दै गएको छ।अहिलेसम्म ४९ जनाले कोरोना लाई जितेर घर फर्किसकेका छन् ।

बाँकेमा पहिलो पटक संक्रमण देखापरेका २१ जनाले कोरोना संक्रमणलाई जितेका छन। संक्रमण पुष्टि भएपछि खजुरास्थित क्यान्सर अस्पतालमा रहेका २१ जना संक्रमितहरुले कोरोनालाई पराजित गरि घर फर्किदैछन।

पछिल्लो २४ घण्टामा गरिएको दोस्रो पटकको पिसिआर परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएका २१ जनालाई आज डिस्चार्ज गर्न लागेको अस्पताल स्रोतले बताएको छ।यो संगै निको हुने संक्रमितको संख्या ७० पुगेको छ।

प्रतिक्रिया दिनुहोस