फेरि बसे डा.केसी अनशनमा,मिचिएको भूमि फिर्ता गर्नुपर्ने माग!ठिक गरेकी बेठिक ?

 

काठमाडौं -: संसारभर महामारीका रूपमा फैलिइरहेकाे कोरोना भाइरस (कोभिड–१९) को संक्रमणवाट जाेगिन भन्दै सरकारले देशभर लकडाउन गरेकाे छ । एकठाउँवाट अर्काे ठाउँमा जान नपाउने सरकारकै निर्देशन भएका बेला चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राख्दै धेरै पटक अनशननै बसेका डा. गोविन्द केसीले फेरि दार्चुलामा अनसन सुरु गरेका छन् ।

दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने मागसहित मंगलबारदेखि दार्चुलामा अनसन सुरु गरेका हुन ।

सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका डा. केसीले यसपटक भने सीमा सुरक्षाको बिषयलाई पनि जोडेर अनशन गरेका छन् । सीमा क्षेत्रका लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँच पुर्याउनुपर्ने उनले बताएका छन् ।

उनले गण्डकी प्रदेश, डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै विगतमा आफूसँग भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस