सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ पुग्यो

सिन्धुली २३, जेठ । सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रबार थप २ जनामा संक्रमण देखिएको सिन्धुली अस्पताल अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयाे ।

पोख्रेलका अनुसार कमलामाई नगरपालिका-११ का २३ वर्षीय र तिनपाटन गाउँपालिका- ३ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यसअघि सिन्धुलीको कमलामाई नगरपालिका–१४ स्थित चन्दनपुर मावि क्वारेन्टीनमा बस्दै आएका २३ वर्षीया पुरुष र सिन्धुली ठेगाना भएकी एक महिलालाई काठमाडौँमा कोरोना पोजेटिभ देखिएकाे थियाे ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस