ओलीलाई नै झट्का दिदैं एमसीसीबारे प्रचण्डले गरिदिए यस्तो ठुलो घोषणा, नेता कार्यकर्ता नै चकित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौतालाई लिएर बिबादले उग्र रुप लिएको छ । एमसीसी सम्झौतालाई लिएर नेकपाभित्र विवाद बढिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो झड्का लाग्ने घोषणा गरेका छन् ।

प्रचण्डले संसदमा दर्ता भएको एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नसकिने स्पष्ट पारेका छन् । ओली सरकारले एमसीसी सम्झौतालाई जबरजस्ती पारित गर्न खोजेमा नेकपाले त्यसलाई ‘फेल’ गरिदिने संकेत गरेका छन् । ‘सरकारले पार्टीको निर्देशन विपरीत एमसीसी पारित गराउन सक्दैन । तर पार्टी निर्णय विपरीत एमसीसीलाई अगाडि बढाएमा संशोधन प्रस्ताव दर्ता गरिनेछ प्रचण्डले भनेका छन्।

प्रचण्ड पक्षले संशोधन प्रस्ताव दर्ता गराएको अवस्थामा ओली सरकारको प्रस्ताव ‘फेल’ हुनेछ । नेकपाभित्र अधिकांश नेता एमसीसीको विरोधमा रहेका छन् । अन्तर्वार्तामा प्रचण्डले सम्झौताका कतियपय बुँदा राष्ट्रिय हित विपरीत रहेकाले संशोधन आवश्यक भएको बताएका छन् । सरकारले एमसीसी सम्झौता पारित गर्न प्रयास गरिरहेको सन्दर्भमा अध्यक्ष प्रचण्डले सम्झौताका कतिपय बुँदा राष्ट्रिय हित विपरीत भएकाले संशोधन आवश्यक भएको बताए ।

 

‘एमसीसीबारे हाम्रो अडान कायमै छ, हामीले सहयोग नलिन भनेका छैनौं तर नेपालको हित नहुने र राष्ट्रिय सार्वभौमसत्ता तथा अखण्डतासँग जोडिएका कतिपय प्रावधान संशोधन गर्नुपर्छ,’ उनले भने । ओली सरकारले एमसीसी सम्झौतालाई अगाडि बढाउन प्रयास गरेपछि सत्तारुढ दल नेकपाभित्र त्यसको विरोध भइरहेको छ । पार्टीभित्र विरोध भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति बनाएको थियो ।

समितिका संयोजक खनाल र सदस्य भीम रावलले यथास्थितिमा एमसीसी सम्झौता नेपालको हितमा नरहेको निष्कर्ष निकाल्दै संशोधन नगरी पारित नगर्न सुझाव दिएको छ । समितिका अर्का सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने फरक मत राख्दै एमसीसीको पक्षमा देखिएका छन् । सरकारले बजेटमा समेत एमसीसीसँग जोडिएका प्रसारण लाइनका योजना समावेश गरेपछि व्यवस्थापिका संसदमा समेत विरोध भएको छ । सरकारले अर्कै ढोकाबाट घुसाएर एमसीसी पारित गर्न खोजेको भन्दै आलोचना भएको छ । एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक समेत बोलाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस