अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले उक्त सम्झौता नेपालले तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने बताएका हुन् ।
नेकपाका सांसदहरू भीम रावललगायतका सांसदहरूले नेपालको संविधान र कानुनसँग एमसीसी सम्झौताका बुँदा बाझिएमा एमसीसीका बुँदा लागु हुने लगायतका राष्ट्र हित विरोधी र नेपालको सार्वभौमिकतामा आँच आउने कुरा रहेकाले संशोधनबिना पारित गर्न नहुने बताएका थिए । अर्थमन्त्री खतिवडाले भने उक्त सम्झौता पारित गर्नुपर्ने बताएका हुन् ।
‘एमसीसी आयोजना हामी आफैंले गर्दाखेरि तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन,’ खतिवडाले भने । उनले यसबारे संसदले छिट्टै छलफल चलाउनुपर्ने पनि बताए ।