बलिउड अभिनेता सुशान्त सिं राजपुतले गरे आत्महत्या

केही समयदेखि बलिउडले चर्चित हस्तिहरु गुमाइरहेको छ ।

यही शिलशिलामा अर्का एक अभिनेताले आत्महत्या गरेका छन् ।

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको पुष्टि भएको छ ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित भएको समाचार अनुसार मुम्बइमा रहेको आफ्नै निवासमा उनले आत्महत्या गरेका हुन् ।

इमरान खान, ऋषी कपुर वाजिद खान लगायतको निधनले स्तव्ध बनेको बलिउड थप शोकमा डुबेको छ ।

उनी ३४ वर्षका मात्र थिए । जी टिभीको लोकप्रिय टेलिचलचित्र पवित्र रिस्ताबाट डेव्यु गरेका राजपुतले काइ पो चे मार्फत बलिउडमा डेब्यु गरेका हुन् । पछिल्लो समयमा उनका फिल्महरुले निकै हिट भएका थिए ।

युवाहरुमाझ राजपुत एक सफल अभिनेताका रुपमा परिचित छन् ।

६ वर्षसम्म सहकर्मी अंकिता लोखन्डेसँग उनी रेलेसनसिपमा रहेका थिए । तर यी दुईको जोडी सन् २०१६ मा छुट्टिएको थियो ।

उनको निधनको कारण डिप्रसनको भएको बताइएको छ तर पोष्टमार्टम नभएसम्म आधिकारिक रुपमा भने पुष्टि हुन सकेको छैन ।

५ दिनअघी उनको पूर्व म्यानेजरले पनि सुसाइड गरेका थए । त्यस घटनाले सुसान्त विक्षिप्त भएको बताइएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस