थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो

काठमाडौं, १ असार । मुलुकमा थप ४ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ५१ जना संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय १६ पुरुष र ३५ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ ।

सरिता गिरीलाई सांसद पदबाट हटाउन युवा संघको माग

काठमाडौं, २८ जेठ । संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सिमानाको सुरक्षा विपरीत दिएको अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले एक विज्ञाप्ति जारी गरी गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई माग गरेको छ । संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा सांसद गिरीलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग पनि गरिएकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहन्छौँ ।’

नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई संघले स्मरण गराएको छ ।

जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत सरिता गिरीले च्युत गर्नु भएको संघकाे ठहर छ । ‘संसदको सदस्य निर्वाचित भइ कार्यकाल संहाल्नु अघिी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस