नवराजकी प्रेमिका भनिएकी किशोरीको बयान, ‘आफ्नै बुवा, दाईसमेतले कुट’पिट गरी मारेको पूर्ण विश्वास लाग्छ’

काठमाडौं, ०१ असार । रुकुम पश्चिमका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका अन्य पाँच साथीको ह’त्यामा आफ्नो बुवा, दाई र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छन् ।

रुकुम पश्चिम प्रहरीसँगको बयानमा नवराजकी प्रेमिका भनिएकी ती किशोरीले आफ्नै बुवा, दाईसमेतले लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पु-याएर नवराज विकसहित ६ जना केटाहरुलाई कुट’पिट गरी मारेको पूर्ण विश्वास लाग्ने बताएकी हुन् ।

त्यस्तै, उनले सोही दिनको साँझ (गत जेठ १० गते ह’त्या गरिएका दिन) डिल्ली मल्ल आफ्नो घरमा आएर २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएको बताएकी छन्, भने भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी गर्दा नवराज विकको मृ’त्यु भएको सुनेको बताएकी छन् ।

मृतक नवराज विकले २०७५ साल फागुनमा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको र आफूले एक्सेप्ट गरी सोही समयदेखि साथी भई कुराकानी र भेटघाट हुने गरेको उनले बयान दिएकी छन् ।

त्यसरीनै, परिचय हुँदै गएपछि, २०७६ साल पुष १४ गते जाजरकोट खंलगामा रमाइलो मेला लागेकाले मेला हेर्न जाँदा नवराजसँग भेट भएको र उक्त रात नवराजकै घरमा बास बसेर भोलिपल्ट घर फर्किएकी बताएका छन् ।

त्यस्तै, गत बैशाख १७ गते राति ८ बजे नवराजले अन्य २ जना साथीहरुलाई ल्याएर आफ्नो घर नजिकै आएको समयमा आफ्नो बुवाआमाले थाहा पाएपछि वडा अध्यक्ष डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी उनीहरुलाई गाउँलेहरुले नियन्त्रणमा लिएर राति नै प्रहरीलाई बुझाएर छोडेका थिए ।

मृतक नवराज विकलाई फेसबुकमा ब्लक गरेदेखि कुनै कुरा नभएको तर आफ्नो भाइको मोबाइलबाट म्यासेजमा कुराकानी भने गरेकी बताएकी छन् । वारदातको दिन नवराज विकले केटाहरु ल्याएर आउँदै छन् भन्ने कुरा आफूलाई थाहा नभएको बताएकी छन् ।

आइतबार कर्तव्य ज्या’न, ज्या’न मार्ने उद्योग, जातीय छुवाछुतलगायतका कसुरमा ३४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ । जातीय विभेदकै कारण नवराज विकसहित ६ जनाको ह’त्या भएको प्रहरी अनुसन्धानको निश्कर्ष पनि छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस