भारतलाई चक्मा दिँदै अमेरिकाले भन्यो : कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकैँ हो

 

काठमाडौं । हालै पारित भएको लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा अमेरिकाले स्विकार गरेको छ । भारतले विवादित मान्दै आएको नक्सालाई अमेरिकाले स्विकार गर्नु नेपालका लागि एक महत्वपुर्ण पक्ष हो । नक्सा पारितभएपछि पहिलोपटक आधिकारिक अद्यावधिक गर्ने देश अमेरिका भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भूभाग समेटिएको नक्सा प्रयोगमा ल्याएसँगै यस्लाई नेपालको एक कुटनीतिक सफलताको रुपमा ब्याख्या गर्न थालिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै दूतावासले नेपालको आधिकारिक नक्सा प्रयोग गरेको छ । भारतीय दबाब र असहमतिका बीचमा पनि प्रतिनिधिसभाले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा पारित गर्यो । भारतले यस विषयमा बसेर कुरा गर्ने बताउँदै आएको छ । सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि नेपालमा रहेको अमेरिकी दूतावासले पहिलोपटक यसको प्रयोग हो । -राष्ट्रिय स्वाभिमानको सम्मानमा सक्दो सेयर गर्नुहोस् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस