नेपालले नयाँ नक्सा पारित गरे पछि पाकिस्तानका मन्त्रीलेहरुले यस्तो लेखे नेपालका नेताहरुलाई

नेपालले आफ्नो शंशोधित नक्सालाई अनुमोदन गर्ने गरी संविधान संशोधन विधेयक पारित गरेपछि यस विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । भारतीय मिडिया र सत्तापक्षका नेताहरुले यसलाई नेपालको दुस्साहसको रुपमा चित्रण गरेका छन् । उनीहरुले नेपाललाई गलत गरेको भन्दै सच्चिन भनिरहेका छन् भने प्रतिपक्ष कांग्रेसका नेताहरुले भने मोदी सरकारले ७० वर्षदेखि कांग्रेसले राखेको नेपाल–भारत सुमधुर सम्बन्ध बिगारेको आरोप लगाइरहेका छन् !

यही बीचमा पाकिस्तानका एक मन्त्रीले नेपाललाई बधाइ दिएका छन् । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुनेन चौधरीले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाइ दिएका हुन् । उनले लेखेका छन् ‘नेपालका साहसी जनताका प्रतिनिधिहरुलाई बधाइ । तपाइँहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाइँहरुले कथित ठूला देशहरुले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनुभएको छ ।

यो पनि पढ्नुहोश: तपाईं काठमाडौं उपत्यका प्रवेश गर्दै हुनुहुन्छ ? यदि बाहिरी जिल्लाबाट काठमाडौं, भक्तपुर वा ललितपुर आउँदै हुनुहुन्छ भने आफू आउन लागेको स्थानको वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिन नबिर्सिनु होला ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले ललितपुर र भक्तपुर प्रशासनसँग समन्वय गरेर आइतबारदेखि उपत्यका प्रवेशका लागि वडा कार्यालय र जिल्ला प्रशासनबाट सवारी अनुमतिपत्र अनिवार्य गरेको हो । त्यसपछि उपत्यकास्थित जिल्ला प्रशासन कार्यालयबाट पाससम्बन्धी निर्णय गरिनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाले राजधानी प्रवेशका लागि नयाँ व्यवस्था गरिएको बताए । ‘अब बाहिरी जिल्लाबाट उपत्यका प्रवेश गर्न औचित्य, आवश्यकता र कारण खुलाएर आफू आउन लागेको स्थानको वडा कार्यालयबाट लिखित स्वीकृति लिनुपर्नेछ,’ बुढाले कान्तिपुरसँग भने, ‘वडाको स्वीकृति र सिफारिस लिएर यात्रा सुरु गर्दाको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ, यसका लागि यात्रा गर्नुपर्ने कारण खुल्ने कागजातहरू अनिवार्य रूपमा पेस हुनुपर्नेछ ।

त्यसपछि आउन लागेको प्रशासनले अनुमति दिएपछि मात्रै यात्रा सुरु गर्न लागेको प्रशासनबाट अस्थायी सवारी पास जारी हुनेछ । आउने व्यक्तिले व्यक्तिगत वा संस्थागत जुन प्रयोजनका लागि भए पनि औचित्य खुल्ने कागजात पेस गर्नुपर्नेछ । आफ्नो पालिका वा वडा कार्यालयमा क्वारेन्टाइन क्षमता र जोखिम मूल्यांकन गरेर मात्रै वडाले पनि आउनका लागि स्वीकृति प्रदान गर्नेछ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस