भारतका नेताले प्रश्न सोध्न थाले, नेपालिहरुको भावनामा कसरी चोट पुग्यो र भन्दै

:भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालले भारतसँग रुष्ट बनेर भारतीय भूमिलाई आफ्नो दावी गरेको बताएका छन् ।तर यसका लागि भारतले विदेश नीति पुनरावलोकन गर्न माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरामा देखिएको विवादलाई संकेत गर्दै नेता स्वामीले नेपालीहरुको भावनामा चोट पुर्याउन नहुने जनाएका छन् ।

नेपालले भारतप्रति असन्तुष्ट बनेरै उक्त भूमि दावी गरेको उनको विश्वास छ । स्वामीले ट्वीटरमार्फत यस्तो जनाएका छन् । उनले सोधेका छन्, नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्न सक्छरु के कुराले उनीहरूको भावनालाई चोट पुर्याएको छरु जसका कारण भारतसँग सम्बन्ध तोड्न चाहन्छन्रु के यो हाम्रो असफलता होइनरु विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ।

भारतको विदेश नीतिको असफलताको कारण नेपाल रुष्ट बनेको उनको भनाइ थियो । यसैले पनि नेता स्वामीले विदेश नीति पुनरावलोकन गर्न आग्रह गरेका छन् । नेपालको संसदले शनिबार कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नक्सालाई सर्वसम्मतबाट पारित गरेको छ । तर भारतीय विदेश मन्त्रालयले भने नेपालको दावीमा ऐतिहासिक तथ्य र प्रमाण नभएको प्रतिक्रिया दिएको थियो ।

यो पनि पढ्नुहोश:पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भई उनी च्याप्पिएका थिए।उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।कास्की खबर

बिरेन्द्रकी एक मात्र निशानी नातीनी, श्रुतीकी छोरिहरु कहाँ छन, कत्रा भए अनि के गर्दै छन हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस