हि’रासतभित्र भएको शम्भु सदाको मृ’त्युको छानबिन गर्न समिति गठन

 

जिल्ला प्रशासन कार्यालय धनुषाले थुनुवा कक्षभित्रै भएको शम्भु सदाको मृ’त्युको छा’नबिन गर्न समिति बनाएको छ । इलाका प्र’हरी कार्यालय सबैलाको हि’रासतमा जेठ २८ गते २२ वर्षका शम्भु सदा झुण्डिएको अवस्थामा मृ’त भेटिएका थिए । प्र’हरीले आ’त्महत्या भएको उक्त घ’टना पी’डित परिवारले भने प्र’हरीसमेतको मिलेमतोमा भएको ह’त्या दावी गरेको छ । पी’डित परिवारले इलाका प्र’हरी कार्यालयका इन्सपेक्टरविरुद्ध ह’त्या आ’रोपमा उ’जुरीसमेत दिएको छ ।

यो घ’टना छानबिनका लागि प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उक्त समितिमा मृ’तक पक्षको तर्फबाट दुई जनालाई आमन्त्रित सदस्यको रुपमा राखिने भएको छ । एक जना अधिकारकर्मी र एक जना का’नुन व्यवसायीलाई आमन्त्रित सदस्यको रुपमा राखिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

‘ती दुई जना उहाँहरु (मृतक पक्ष) ले राख्नुहुनेछ’ निरौलाले भने, ‘मृ’तकको परिवारलाई राहत उपलब्ध गराउन पनि जिल्ला प्रशासन कार्यालयले यथासिघ्र पहल गर्ने निर्णय भएको ।’ प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा मंगलबार प्रदेश प्र’हरी प्रमुख, जिल्ला प्र’हरी प्रमु्ख, मृतक पक्षका व्यक्ति समेतको सहभागितामा बसेको बैठकले पी’डित परिवारलाई शान्ति सुरक्षाको तत्काल उचित प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस