नेपालमा कोरोना संक्रमित ७ हजार नाघ्यो , आज थपिए ५ सय ८६ जना , १ जनाको मृत्यु

काठमाडौं ०३ असार / नेपालमा कोरोना संक्रमित दिनानुदिन बढिरहेको बेला पछिल्लो २४ घन्टामा थप ५ सय ८६ जना नयाँ संक्रमित थपिएको जनसंख्या तथा स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नेपालमा कुल कोरोना संक्रमित सङ्ख्या ७१ सय ७७ पुगेको छ । लामो समयको लकडाउनपछि सरकारले गत असार एक गतेदेखि लकडाउन खुकुलो गरेको छ, लकडाउन खुकुलो गरेसँग झन धेरै संक्रमितहरु बढिरहेको छ ।

हालसम्म नेपालको विभिन्न अस्पतालबाट कोरोना मुक्त भई घर फर्किनेको सङ्ख्या ११ सय ६७ रहेको छ भने पछिल्लो २४ घन्टामा ९ जनाले कोरोना जितेका हुन् । नेपालमा हालसम्म धेरैजसो संक्रमित भारतबाट लकडाउनको समयमा नेपाल आएकाहरु छन् ।

त्यस्तै नेपालमा कोरोनाबाट थप १ जनाको ज्यान गएसँगै मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । पछिल्लो मृत्युु हुनेमा बाँकेको महिला रहेको मन्त्रालयले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस