आज ४ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ । जसमध्ये २ जनाले आत्महत्या गरेका हुन् भने अरु २ जनाले उपचारको क्रममा ज्यान गुमाएका हुन्

सडक दुर्घटनामा परी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।

जेठ ३१ गते अस्पताल भर्ना भएका उनको गएराती ११ बजेको समयमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

लम्की-२ कैलालीकी ती महिलाको टाउकोमा रगत जमेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ।

‘दुर्घटनामा परी अस्पताल भर्ना भएकी ती महिलाको उपचारका क्रममा नै निधन भएको थियो।

उनको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको र प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण पोजेटिभ आएको छ।

आजै बिहान बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।

ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । नेपालगन्ज मेडिकल कलेजमा २ जना र यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।

आजै अर्घाखाँचीका एक युवक र सुर्खेतकी एक युवतीमा पनि कोरोना संक्रमण देखिएको छ । यी दुवैले आ-त्मह-त्या गरेका हुन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस