कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्‍ने ओली सरकारको तयारी

दार्चुला – सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्‍ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्‍ने गरी सम्भाव्यता अध्ययन थालिएको हो।

सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्गत व्याँस गाउँपालिकाभित्र नेपाली सेनाको ब्यारेक राख्‍ने गरी प्रक्रिया अघि बढाएको हो। सेनाको ब्यारेक राख्‍न सम्भावित तीन स्थानको पनि बुधबार दार्चुला पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवलोकन गर्ने भएका छन्।

नेपाल-भारत-चीन त्रिदेशीय सीमाक्षेत्रमा पर्ने अपिनम्पा संरक्षण क्षेत्रलाई लक्षित गरेर नेपाली सेनाको ब्यारेक राख्‍न तीनवटा स्थान यसअघि नै हेरिसकिएको थियो। बुधबार दार्चुला पुगेका प्रधानसेनापति थापाले ती स्थानको अवलोकन गर्ने सैनिक स्रोतले जानकारी दिएको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस