काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालहरूमा इम्युन सिस्टम दह्रो रहेको दोहोर्याएका छन् । प्रतिनिधिसभामा सांसदरूलाई कोरोना टिप्स दिँदै उनले नेपालीहरूको खानेकुरा खाने तौर तरिका र भान्छाका कारण रोग प्रतिरोधी क्षमता दह्रो रहेको बताएका थिए ।
राष्ट्रियसभामा पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले कोरोनाले छोयो भन्ने बित्तिकै नमरिने बताउँदै तातोपानी खाएर निको हुने दाबी गरे । उनले आत्मविश्वास दह्रो भए कोरोना आफैं पराजित हुने पनि टिप्स दिए ।
“कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लाग्यो भने, हाच्छिउँ गर्नुपर्छ । तातोपानी खाएर निको पार्छ भन्ने सोच्नुपर्छ । कोरोनाले लाँदैन भन्ने सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ,” उनले भने ।