नेदरल्याण्डमा महात्मा गान्धीको मूर्तिमा ताे’डफाेड

एजेन्सी :  नेदरल्याण्डमा रहेको महात्मा गान्धीको मूर्तिमा अज्ञात समुहले क्ष’ति पुर्‍याएका छन् । राजधानी एम्स्टर्डममा स्प्रे पेंटिंगको साथमा रहेको गान्धीको मूर्तिमा क्ष’ति गर्नुका साथै त्यको वरिपरि केही आप’त्तिजनक तस्बीरहरूको चित्र कोरिएको छ ।

पछिल्लाे समय अमेरिकाको पुलिस हि’रासतमा रहेका अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोडको मृ’त्युपछि मूर्तिहरू भ’त्काउन वा ब’दनाम गर्ने अभियान चलिरहेको छ ।  यस बीचमा विभिन्न देशहरूमा धेरै मूर्तिहरूलाई आ’क्रमण गरिएको छ। त्यस्तै नेदरल्याण्डमा  पनि गान्धीको मूर्तिमा क्ष’ति पुर्याइएकाे छ ।

यसअघि अमेरिकाको वाशिंगटन सीटीमा रहेको महात्मा गान्धीको मूर्तिमा पनि क्ष’ति पुर्याइएको थियो । हरेका तो’डफेड भएका मूर्तिहरुमा रातो रंग लगाइ जा’तीय टि’प्पणीहरू लेखेको बताइएको पाइएको छ ।

गान्धी मानव अधिकार र अहिंसाका लागि विश्वभरि परिचित छन्। भारतमा जन्मिएका उनले दक्षिण अफ्रिकामा पनि केहि समय बिताएका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस