मानिसमा जस्तो चेतना कुकुरमा पनि हुन्छ भनेर धेरै उदाहरणहरु सुनेका देखेका छौं ।
कोमामा गएको मालिकलाई बाहिर रुगेर बसेकाे पनि समाचारमा पढेको छौं ।
अहिले फेरि एउटा त्यस्तै ह्दयविदारक फोटो बाहिर आएको छ ।
जस्मा आइतबार प्राण त्यागेका सुशान्त सिंह राजपुतको कुकुर फुग्गी को अवस्था गम्भीर बनेकाे छ ।
सुशान्तले फुग्गीलाई धेरै माया गर्थे ।
उनले फुग्गीसँगै खेलेका र रमाएका धेरै तस्विरहरु शेयर गरेका छन् ।
उस्को अवस्था नाजुक भएपछि सुसान्तको म्यानेजरले डाक्टरलाई बोलाएको थिए ।
कुकुरले खान पानी समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ ।
डाक्टरले सुशान्तको मृत्यु सहन नसकेर कुकुरले पनि सुसाईड गर्न खोजेकाे बताएको भारतीय मिडियाले दाबीका साथ भनेका छन् ।
भारतीय मिडियामा झुटा समाचारहरु धेरै आउने गर्छ तर पनि यो तस्विरमा भने सुशान्तको कुकुर चिन्तामा रहेकाे देखिएको छ ।
यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।