Breaking: नेपालमा आज मंगलबार पनि थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १००९९ पुग्यो

काठमान्डौ , नेपालमा आज मंगलबार पनि थप ५३८ जनामा कोरोना पुष्टि भएको छ। देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा गरिएको नमुना परिक्षणमा थप ५३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।आज पुष्टि भएका हरु , झापा , मोरङ , तेर्हथुम , सप्तरी , महोत्तरी , अर्घाखाची , बाजुरा , धादीङ , गुल्मी , कैलाली , कन्चनपुर , कास्की , पर्पट , प्युठान , रुपन्देही, सिरहा लगायतका छन ।

आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या १००९९ पुगेको उनले बताएका छन ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस