आमाले गरिन् बुहारी ह*त्याको सन्ननिपुर्ण खबर, किचि किचि मा*रैकै हो ससुराले (हेर्नुहोस भिडियो)आमाले गरिन् बुहारी ह*त्याको सन्ननिपुर्ण खबर, किचि किचि मा*रैकै हो ससुराले (हेर्नुहोस भिडियो)आमाले गरिन् बुहारी ह*त्याको सन्ननिपुर्ण खबर, किचि किचि मा*रैकै हो ससुराले (हेर्नुहोस भिडियो)
काठमाडौं। नेपालले भारत अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा संसदबाट पारित गरेपछि दार्चुलाको एफएम रेडियोहरुले नक्शामा समेटिएका नेयाँ भूमिको मौसमी विवरण दिन थालेका छन्। यसरी नेपाली रेडियोले मौसमी विरण दिन थालेपछि भारतमा चर्चाको विषय बनेको छ।
भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले आइतबार दुई वटा समाचार यही विषयमा प्रकाशित गरेको छ। सीमा क्षेत्रका नेपाली रेडियोबाट भारत विरोधी रेडियो सामाग्री प्रशारण गरेको तथा मौसमी विवरण दिएको समाचार प्रकाशित गरेको छ।
स्मरण रहोस यी भूभागहरुले भारतले वर्षौदेखि अतिक्रमण गरेको थियो। भारतले पनि पाकिस्तानको नियन्त्रणमा रहेको आजाद कश्मिर र गिलगिट बालिस्तानको मौसमी विवरण दिन थालेको छ। नेपाली रेडियोले पनि भारतीय रेडियोले पाकिस्तानसँग गरेको व्यवहार जस्तै व्यवहार भारतमाथि गरेका हुन्।
यद्यपी कश्मिर र लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय र कश्मीरको विषय भने फरक हुन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक इतिहासदेखि नै नेपाली भूमि हुनु भने कश्मीरमा भारत र पाकिस्तानको आ आफ्नै दावी छ। कुनैबेला कश्मीर स्वतन्त्र मुलुक थियो।
यता प्रधानमन्त्री ओलीको पुत्ला दहन
नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला ज लाइएको छ। सोमबार साँझ जनकपुरको भानुचोकमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला ज लाएका हुन्।
पुत्ला ज लाउन लागेपछि प्रहरीले पानीले निभाउने प्रयास गरेको थियो। तर प्रदर्शनकारीहरुले अवरोध गरेका थिए।
पुत्ला जलाउनु अघि उनीहरुले नागरिकता ऐन संशोधन विधेयक खारेज गर्न माग गर्दै प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाएका थिए।
संघीय सरकारले नागरिकता ऐन संशोधन विधेयकमा नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरी ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।
नागरिकता ऐन संशोधन विधेयकमा राखिएको सो प्रावधान खारेजीकाे माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्।