खुल्यो रहस्य: पुलिसलाई दिएको बयानमा रियाले लुकाइन् यो महत्त्वपूर्ण कुरा…..

खुल्यो रहस्य: पुलिसलाई दिएको बयानमा रियाले लुकाइन् यो महत्त्वपूर्ण कुरा…..सुशान्त सिंह राजपुत आत्मह’त्या प्र’करण झन् झन् उल्झिँदै गएको छ। पुलिसले गहिरिएर अ’नुसन्धान जारी राखेको छ। सुशान्तका नजिकका सबैसँग पुलिसले सोधपुछ गरिरहेको छ, ताकि उनीसँग जोडिएको कुनै पनि कुरा नछुटुन्।

बलिउडमा पनि एक प्रकारको खै’लाबैला मच्चिएको छ। ने’पोटिज्मको वि’रुद्धमा एक प्रकारको लडाइँ नै चलेको छ। धेरै सेलिब्रेटिहरू निशानामा पनि परेका छन्। करन जोहर, आलिया भट्ट, सोनम कपुरका फलोअर्स लगातार घटिरहेको पनि भारतीय मिडियाहरूले बताइरहेका छन् ।

सुशान्तले आत्मह’त्या गरेको केही दिनपछि उनीसँग सम्बन्धित कुराहरू थाहा पाउन पुलिसले उनकी प्रेमिका रिया चक्रवर्तीसँग लामो समयसम्म सोधपुछ गरेको थियो। सुशान्तले आत्मह’त्या गर्नुभन्दा एक दिन पहिलेसम्म रिया सुशान्तको साथमा नै थिइन् ।रियालाई उनको घर पठाएको भोलिपल्ट नै सुशान्तले आत्मह’त्या गरेका थिए।

सुशान्तसंगै बस्ने रियालाई  धेरै कुरहरू थाहा हुन सक्ने भन्दै पुलिसले सोधपुछ गरेको थियो। तर त्यो सोधपुछका क्रममा रियाले पुलिससँग महत्त्वपूर्ण कुरा लुकाएको खु’लासा भएको छ। सन् २०१८ मा सुशान्तले भर्चुअल रियालिटी नामक कम्पनी खोलेका थिए। पछि रियाको आग्रहमा फ़ेरि उनले विविडरेज रियालिटिक्स नामक कम्पनी खोले। यसको नाम पनि रियाको नामबाट नै राखे। यस कम्पनीको डिरेक्टर रियालाई बनाए र रियाको अनुरोधमा रियाका भाइ सोविकलाई पनि डिरेक्टर बनाइयो।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस