कक्षा ११ को परीक्षा पनि विद्यालयबाटै सञ्चालन गर्ने तयारी

 

काठमाडौं, असार १२ । कोरोना महामारीका कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १०(इसइई) मूल्याँकन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाईनै आधार बनाए नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि ,२०७७ जारी गरेको छ।

कार्यविधि जारी भएसँगै २०७६ सालमा एसइई दिन सहभागिता जनाएका ४ लाख ८२ हजार विद्यार्थीको मूल्याँकको बाटो सहज भएको छ। बोर्डले मंगलबार पास गरेको कार्यविधि अनुसार एसइईको मूल्याँकनको जिम्मेवारी स्कुललाई दिएको छ।कार्यविधिको परिच्छेद दुईको ब्यवस्थामा विद्यालयद्धारा गरिएको अन्तिम मूल्यांकन विवरणको अभिलेख अनुसार विववरण प्रमाणित गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापकको अध्यक्षतामा एक मूल्यांकन समिति गठन गर्नु पर्ने छ।विद्यार्थीको निर्णायक मूल्याँकन गर्दा समितिले स्कुलहरुले संचालन गरेको पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र अन्तिम परीक्षाको मूल्याँकनको अंकभारलाई जोडेर मूल्याँकन विवरण तयार पर्नु पर्ने ब्यवस्था गरिएको छ।

स्कुलहरुले पहिलो त्रैमासिक परीक्षा अवधिभरमा पठनपाठन भएका विषय बस्तुबाट कुल पुर्णाकको १० प्रतिशत ९सैद्धान्तिक र प्रयोगात्मक०अंकभार , दोस्रो त्रैमासिक परीक्षाको ३०प्रतिशत र शैक्षिक सत्रको अन्तसम्ममा पठनपाठनकालागि निर्धारित सम्पुर्ण विषय बस्तुबाट ६० प्रतिशत अंक भार जोेड्नु पर्ने ब्यवस्था कार्यविधिको अनुसूची १ ले गरेको छ। मूल्याँकन समितिले तीनवटै परीक्षाको कूल प्राप्तांक जोडेर विद्यार्थीको विषयगत ग्रेड निर्धारण गर्नु पर्ने ब्यवस्था गरिएको छ।

कार्यविधि बुधबारदेखि कार्यन्वयनकोलागि सबै जिल्ला विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए। प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक सदस्य र सम्बन्धित माध्यमिक तहका सबै भन्दा जेष्ठ शिक्षक गरी तीन सदस्य मूल्याँकन समितिले सैद्धान्तिक मूल्यांकन गर्दा माध्यमिक शिक्षा पाठ्यक्रम अनुसार विद्यालयहरुले लिएका परीक्षाहरुमध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिलो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णाक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्याँकनको प्राप्तांंक दिनु ब्यवस्था गरिएको आजको नागरिक दैनिकमा खवर छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस