ओली हटाउने भारतको त्यो चक्रब्यूँह : नेकपाभित्रै देखियो

 

भारत ओलीबिरुद्ध लाग्नु आधारभुत र तत्कालीन दुबै कारण मजबूत छन । यसबारेमा नेपाली राजनीतिमा सामान्य चासो राख्ने सबैले बुझेको कुरा हो । यो बिषय घाम जस्तै हुदाहुदै किन हाम्रो नेतृत्व अहिले बसिरहेको स्थायी कमिटीको बैठकबाट सरकारको असफलता देखाउने, सके दुवै पदबाट हटाउने, नसके एक पदबाट हाटाउन कसम खाँदै बैठकमा छलफल गरिदैछ । यसो गर्नमा बाह्य शक्ति र पार्टीभित्रका गुट र उपगुट एकैचोटी परिचालित भएको अनुभूत हुनु दुखद संयोग हो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार बर्तमान परिस्थितिमा बहुपक्षीय चुनौतिको बीचमा छ । चीन र उत्तर कोरियाबाहेक जनताको बीचमा कम्युनिस्ट पार्टीहरु त्यति लोकप्रिय छैनन । नेपालमा कम्युनिस्ट पार्टी लोकप्रिय छ । नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक निर्बाचन प्रणालीबाट सुबिधाजनक बहुमतले कम्युनिस्ट पार्टीले सरकार संचालन गर्नु आफैमा ठुलो कुरा थियो र हो । २१औं शताब्दीमा नेपालले यो बिषय कार्यान्वयन गरिरहेको छ ।

यतिबेर साम्राज्यवादी र बित्तीय एकाधिकार पूँजिबादका बिचारक प्रबर्धक, संचालक यसलाई आदर्श मानेर बैचारिक नेतृत्व गर्ने शासकहरुलाई नेपालको कम्युनिस्ट पार्टीको जनअनुमोदित सरकार बनेकोमा शुरुदेखिनै खुशी बनाएको थिएन । ‘निर्वाचन’ पूँजीपन्थीहरु प्रजातन्त्रको मुख्य कडी ठान्थे । आफू भन्दा फरक मत राख्ने राजनीतिक, बैचारिक शक्तिलाई दमन गर्ने निर्बाचन, प्रजातन्त्र र मानब अधिकारको डण्डा तेस्र्याएर एकाधिकार पूँजिबादको झण्डा ऊठाऊथे ।

सत्ता, शक्ति, मसल र पैसाको बलमा बिपक्षलाई पराजित घोषणा गरेर प्रजातन्त्रको नाममा एकाधिकार पूँजिबादी बिश्व संचालन गरेको शक्तिहरु नेपालका कम्युनिष्टको प्रगति देखेर तिलमिलाऊनु स्वभाविक थियो । यो ताकत शुरुदेखि नै कम्युनिस्ट सरकार बिशेष त केपी शर्मा ओलीको बिरोधमा मोर्चाबन्दी गरिरहेको थियो । बैचारिक प्रतिबाद गर्दै थियो । अहिले यो ताकत कम्युनिस्ट पार्टी र सरकारको बिरुद्ध बिभिन्न छद्म नाममा प्रचारात्मक मात्रै होइन, भौतिकरुपमा सडकमा उत्रिएका छ । सरकार बनेदेखि बर्तमान सरकारको मुल ध्येय संबिधान कार्यन्वयन, लोकतन्त्र, जनताको जनजीविका र राष्ट्रिय अखण्डता सुदृढीकरण गर्नु हो ।

प्रतिक्रिया दिनुहोस