पाचँ सयले घट्यो सुनको मुल्य : पुग्यो तोलाको यती….

 

आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ । ९१ हजार १ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा आज एकै दिन पाचँ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको जनाइएको छ ।

त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी बिहीबारको तुलनामा ५ रुपिँयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि समाचार पढ्नुहोस

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नजिक रहेको छ । यसैगरी, पूर्वानुमानले हाल देशभर बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी वर्षा सम्भावना रहेको छ।भने, प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस