नेकपा बैठकमा नेपाल – भारत सीमामा तारबार लगाउन व्यापक आवाज उठ्यो

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक तथ्यसहित आफ्नो धारणा राखेका थिए ।

नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको तर अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक नदेखिएको उनले बताए । यद्यपि भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको उनले बताए । ज्ञवालीले भने भने, ‘भारत वार्तामा आउनुपर्छ र आउँछ भन्ने हाम्रो विश्वास छ ।’

बैठकमा नेताहरूले भने नेपाल भारत सीमा सिल गरेर तारबार लगाउनुपर्ने माग राखेका छन् । स्थायी कमिटी सदस्यहरू देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाल, अमृत बोहोरालगायतले तारबार लगाएर सीमा सिल गर्नुपर्ने बताएको स्रोतले बताएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस