बिकासको योजना काटेर राहत बितरण गर्दै नगरपालिका

खोटाङ । दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नं.७ ले बिकासको योजना काटेर दैनिकी ज्यालामंजदुरी गरेर गुजारा चलाउदै आएका वडाका नागरिकले लकडाउनको समयमा काम गर्ने नपाएका २ सय ८५ परिवारलाई तेश्रो चरणको राहत वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमको बीच दिक्तेल रुपकोट मजुवागढी नगरपालिका मेयर दीपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले २ सय ८५ घरपरिवालाई प्रत्येक घरको ३० केजीका दरले राहात बितरण गरेको वडा नम्बर ७ का वडाअध्यक्ष महन्त कुमार राईले जानकारी दिए ।

पहिलो चरणमा ९६ घरपरिवार र दोश्रो चरणमा ५५ घरपरिवारलाई राहत वितरण गरि सकेको राईले बताए । राई अनुसार दैनिकी ज्यालामदुरी गरेर जीवन गुजारा गदै आएका अत्तिबिपन्न वडाका नागरिकहरु लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा हातमुख जोर्नै धौ–धौको अवस्थामा पुगेका विपन्न परिवारलाई वडाको बिकासको योजना काटेर ४ लाख रुपैयाँको राहात बितरण गरिएको उनको भनाइ छ ।

त्यस्तै गरि राहत बितरण गदैँ मेयर दीपनारायण रिजालले भने, नगरका कुनै पनि नागरिक भोगका कारणले मर्न दिने छैनौं ।

कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्नेको लागि जनप्रतिधि र कर्मचारीको एक महिनाको तलब काटेर जम्मा ७५ लाख भन्दा बढि कोरोना उपचार कोषमा जम्मा गरेको साथै अहिले सम्म ३ हजार भन्दा बढि घरपरिवारलाई राहात बितरण गरेको उनको भनाई छ ।

नगरले बाजोबारीमा खेती गर्ने कृषकलाई २५ सयका दरले अनुदान दिने नगरले निर्णय गरेको छ । साथै कृषकलाई लक्षित गरि नगरले एक गाँउ एक वडा कृषि पकेट क्षेत्र कार्यक्रम ल्याएको उनले जाकारी दिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस