बलिउडमा सफल भएपछि अंकितालाई धोका दिए, आज उनी नै बनिन् परिवारको सहारा

सुशान्त सिंह राजपुतको निधन भएको १५ दिन भइसकेको छ । उनको बारेमा नयाँ तथा आश्चर्यजनक कुराहरु आइरहेका छन् ।

उनको निधनमा उनको परिवार, बलिउड तथा उनका फ्यानहरु शोकमा डुबेका छन् ।

सुशान्तको बुबा के के सिंह राजपुतले भारतको टड्का बलिउडसँग कुरा गर्दै उनको बारेमा धेरै रहस्यहरु खोलेका छन् ।

र यो पनि : सुशान्तसँगको ब्रेकअपको ४ वर्षसम्म पनि अंकिताले हटाइन्न आफ्नो घरको नेमप्लेट

उनले भने, सानो हुदाँ मनमा केहि कुरा राख्न सक्दैनथ्यो । सबै कुरा दिदीलाई र मलाई सुनाउँनै पर्थ्यो ।

उनले सुशान्त र अंकिताको जोडी पवित्र रिश्तामा खुब जमेको बताएका छन् ।

अंकिता हामीलाई सान्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् ।

म सुशान्तको जीवनमा भएका साथीहरु मध्ये अंकितालाई मात्र चिन्छु ।

र यो पनि : ६ वर्षसम्म सँगै बसेकी अंकिता रुदै सुशान्तको परिवार भेट्न पुगिन् ..

कृति सनोनसँग पनि मेरो अन्तिम संस्कारको बेलामात्र भेट भएको हो ।

मैले उस्को बिहेको बारेमा कुरा गरेको थिए । उस्ले कोरोनाको महामारीको बिचमा बिहे गर्दिन यो साम्य होस अनि मात्र बिहे गर्छु भनेको थियो ।

२०२१ मा हामी उस्को बिहे गर्दिने सोचमा थियौं ।

र यो पनि : पुर्वप्रेमी सुशान्तलाई बिदा गर्न पुगिन् कृति

उसँग बिहेको कुरा नै अन्तिम कुरा भयो ।

सुशान्तको नाम रिहा चक्रावतीसँग जोडिए पनि मैले उस्लाई चिनेको छैन ।

तर अंकिताले हामीलाई र हामी अंकितालाई धेरै माया गर्छौं ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस