रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि निधन भएको छ।

रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि निधन भएको छ।

रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दुर्घटनामा परि ज्यान गएको हो।

मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

उक्त कारले सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठक्कर खाएको थियो।

कार दुर्घटनामा परी गम्भीर घाइते उनलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिए भएपनि राति १ बजेको करिब मृत्यु भएको हो।

३० वर्षिय पाण्डेको शवलाई पोष्टमार्टमका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस