तर बेहुलाले विवाह गरेको दुई दिनमै ज्यान गुमाए। पहिले देखिनै बिरामी भएर मृत्यु भएको होला भन्ने सोचेर परिवारले पनि अन्तिम संस्कार गरिदिए।

विवाह भएको २ दिनमै भारतको विहारमा बेहुलाको मृत्यु भएको छ भने विवाह समारोहमा सहभागी एक सय बढी पाहुनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

गत जुन १५ तारिखमा पटनाको पालिगञ्ज गाउँका एक इन्जिनियरको विवाह भएको थियो। उनी दिल्लीको गुडगाउँमा काम गर्थे। विवाहका लागि भनेर भाडाकै गाडीमा पटना आइपुगे।

उनको विवाहको तयारी भने जुन ८ देखि सुरू भएको थियो। तर त्यसकै भोलिपल्टदेखि उनी बिरामी पर्न थाले।

भारतीय समाचार पत्र एनडिटिभीका अनुसार उनलाई झाडापखाला लागेको थियो भने कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण समेत देखा परेको थियो।

उनलाई परिवारले पनि सामान्य औषधि खाएर विवाहको तयारी गर्न दबाव दिएका थिए।

बेहुलाले पनि पटनाको जिल्ला अस्पतालमा सामान्य उपचार गरी आफ्नो विवाहको तयारी गर्न थाले।

तर बेहुलाले विवाह गरेको दुई दिनमै ज्यान गुमाए। पहिले देखिनै बिरामी भएर मृत्यु भएको होला भन्ने सोचेर परिवारले पनि अन्तिम संस्कार गरिदिए।

उनको मृत्युबारे कोही गोप्य व्यक्तिले पटनाका डिस्ट्रिक म्याजिस्ट्रेट(डिएम) रवि कुमारलाई खबर गरिदिए।

तर अन्तिम संस्कार नै गरिसकेपछि सरकारी अधिकारीहरूले उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि गर्न सकेनन्।

विवाहमा सहभागी पाहुनाहरूमा कोरोनाभाइरसको लक्षण देखिन थालेपछि परीक्षण गराउँदा १५ जनामा संक्रमण पुष्टि भयो।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस