दुखद खबर : काठमाण्डाैमा एकैदिन ३२ जनामा देखियाे काेराेना, संक्रमितकाे संख्या ७१ पुग्याे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

जसमा काठमाडौं २८,  ललितपुर र भक्तपुरमा २/२ जना संक्रमित थपिएसंगै उपत्यकामा एकैदिन ३२ जनामा काेराेना पुष्टि भएकाे हाे । गत सोमबार काठमाडौैं उपत्यकाका आठ जनामा संक्रमण देखिदा मंगलबार १४ जनामा संक्रमण फेला परेको थियो ।

बितेको २४ घण्टामा नेपालमा थप ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १०९ महिला र ३६४ पुरुष गरि थप ४ सय ७३ जनामा काेराेना देखिएकाे जानकारी दिए । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ । देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन् । यस्तै आइसोलेसना १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हाल सम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस