अत्यन्तै खुशीको खबर, विश्वमा नै सबैभन्दा पहिला भारतले तयार पार्यो कोरोनाको भ्याक्सिन, केही दिनमै सार्वजनिक गरिने

एजेन्सी । कोरोना महामारीको उच्च जोखिममा रहेको भारतले संसारकै लागि खुशीको खबर लिएर आएको छ । विश्वमा नै कोरोना महामारीको चौथो स्थानमा रहेको भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले हैदरवादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेड बीबीआईएलसँग मिलेर तयार पारेको हो ।

जुन अगस्ट १५ तारिखमा लन्च गर्ने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नवभारत टाइम्सका अनुसार कोरोना विरुद्धको भ्याक्सिन भारतले तयार पारिसकेको र यसलाई आगामी अगस्ट १५ तारिखका दिन लन्च गरिने तयारी गरिएको छ ।

आफ्नो स्वतन्त्रता दिवसको दिनको अवसरमा भ्याक्सिन लन्च गर्न लागेको नवभारत टाइम्सले दाबी गरेको छ । सोही दिनबाट भारतले आफूलाई कोरोनामुक्त घोषित गर्ने तयारी समेत गरेको उक्त पत्रिकाले दाबी गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस