सुशान्तजस्तै दाङ्गकी एक २३ वर्षिया विवाहित युवतीले फेसबुक लाइभमा आएर आत्महत्या गरिन् । उनीहरु सबैले आत्महत्या गर्नुको कारण एक असल साथि नपाएर हो

“मैले छोरालाई भनेको थिएँ कि जुन दिन तेरो छनौट हुन्छ, बुबा र छोरा बसेर उत्सव (celebrate) मनाऊँला । तर यो त भनेकै थिएन कि यदि छनौट भएन भने के गर्ने ।

हामी सबै गलत गर्दैछौं । सफलता पछिको योजना त सबै सँग हुन्छ, तर यदि गल्तीले असफल भई हालियो भने, विफलतासँग कसरी व्यवहार गर्ने कसैले यसबारे कुरा नै गर्न चाहँदैन ।

छोरा, राम्रो अंकहरू ल्यायौभने, यो कलेजमा भर्ना पाईनेछ, यो कोर्स गर्यौ भने, यो रोजगार पाईनेछ । अरे यार, १० लाख विद्यार्थिहरू परीक्षामा बस्छन्, त्यसमध्ये १० हजार मात्र छानिएका हुन्छन्, बाँकीका ९लाख ९० हजार बच्चाहरु ? तिनीहरूलाई थाहा नै छैन कि अब के गर्ने ? किनकि यसबारे कहिले उनीहरूले तयारी नै गरेनन् । उनीहरूलाई लाग्छ कि उनीहरू परीक्षामा होइन जीवनमा असफल भई रहेका छन् । परीक्षाको नतीजाले निर्णय (decide) गर्दैन कि हामी बिजेता हौं कि हरुवा हौं । यो निर्णय त कोशिश (try) ले गर्दछ कि हामीले कोशिश कत्तिको गरेछौं वा गर्यौं कि गरेनौं ।”

“छिछोरे” चलचित्रको एक तस्विर ।
केही दिन अघि “छिछोरे” चलचित्र हेर्न पाएको थिएं । त्यसमा सुशान्त सिंहले बुवाको रोल गर्दा भनेको डायलग थियो ।

सुशान्त, यति राम्रा शब्दहरु स्क्रिप्ट पढ्दा पनि पढे हौला, एक्शनको समयमा पनि दोहोर्याऊ होला, डबिंगको समयमा पनि फेरी भनेउ हौला, तर असल जीवनमा किन बिर्सी हाल्यौ ?

तनावका क्षणहरूमा शक्तिशाली व्यक्तिहरूले पनि आ त्मह त्या गर्छन । ती मानिसहरु जो सँग सबै हुन्छ शान … शौकत … स्थिति … पैसा .. तर यी मध्ये केहिले पनि रोक्न सक्दैन ..त्यसोभए के कमी हुँदो रहेछ ?

त्यो उचाइमा एउटा असल साथीको अभाव हुँदो रहेछ । जो सँग “चाँदीको कप” मा होइन एउटा सानो चियाको पसलमा बस्न सकियोस जो बकवासित कुराहरु बाट जोकर बनेर हँसाऊन सकोस । त्यो, जो सँग बसेर मुटु भित्रका गोप्य कुराहरु गर्न सकियोस । त्यो, जसलाई देख्दा बित्तिकै आफ्नो तनाव बिर्सन सकोस । त्यस्तो एउटा मित्र, त्यस्तो असल साथी जसले भन्न सकोस, “छोड़ यार सब कुरा, तं चिया पी … म छँदैछु नि तेरो साथमा ।

प्रस्तुती : दीपबहादुर बडुवाल
अन्तमा यसैले महत्व राख्दछ … सम्पूर्ण विश्वको धन एकातिर … सबै तनाव एकातिर .. त्यो साथी एकातिर ! सुशान्त, तिमीले किन पाएन छौ त्यस्तो साथी ?

तर यदि तपाइँसँग त्यस्तो साथी छ भने उसको मूल्य बुझ्नुहोस् … गै हाल्नुहोस एक साँझ त्यो साथी सँग चिया पिउन एउटा सानो चिया पसलमा … जीवन धेरै सुन्दर हुनेछ ….. !

याद राख्नुहोस यदि कसैले तपाइँको तनावसँग लड्न सक्छ भने त्यो हो तपाइँको साथी र उसँगको एक कप तातो चिया !!!

सुशांत सिंह राजपूत एक जीवन्त अभिनेताको आत्मालाई ईश्वर शान्ति प्रदान गरुन । उहाँको स्वर्गमा बास होस ।

प्रतिक्रिया दिनुहोस