१ सय १४ वर्षका विश्वकै स;बैभन्दा बृद्ध ब्यक्तिले पनि जिते कोरो,ना भा,इरसलाई..

एजेन्सी – कोरोना संक्रमणबाट बृद्ध बृद्धामा जोखिम हुने चेतावनी चिकित्सक र बैज्ञानिकले दिइरहेका बेला एक १ सय १४ वर्षका बृद्धले कोरोनालाई जितेर घर फर्किएका छन् । समाचार हो अद्दिस अवावाको । अवा तिलाहुन वोल्डेमाइकलका परिवारले भने उनको उमेर १ सय १४ वर्ष भएको र उनी विशवकै सबैभन्दा पाको उमेरका मानिस भएके दावी गरेका छन् ।

हाल ति बृद्धको उनका नातीले हेर विचार गरिरहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । चौंध दिन लामो उपचारको क्रममा उनलाई सात दिन जति अक्सिजना दिइएको उपचारमा संलग्न डा। हिलुफ एवेटले बताए । डा। हिलुफ एवेटले कोरोनाको लक्षण देखिनु अघि नै उनलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।
अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ ।

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा तितौराको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो सिजनमा अमला सजिलै पाइन्छ । स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । समग्रमा अमलाको जुस औषधिय गुणले भरिपुर्ण छ । यसर्थ स्वाद र औषधिले भरिपूर्ण अमलाको अचार वा तितौराका साथै यसको जुस बनाएर पनि पिउने गरौं ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस