कोरोना भाइसको कारणले गर्दा विदेशमा रोजगारी गुमाएर धेरै नेपालीहरु स्वदेश आउँदैछन् । उनीहरुलाई बाख्रापालन जिविकोपार्जन गर्ने एक उपाय हुनसक्दछ ।

वैदेशिक रोजगारी बाट फर्किएका खगेन्द्र भुर्तेल र शिक्षण पेशामा सन्तुष्टि नमिलेपछि शिक्षण पेशा छाडेका सुरज सापकोटा मिलेर हुप्सेकोट ४ शखंदेब नवलपुर मा बाख्रा पालन सुरु गरेका छन । शखंदेब युवा कृषी प्रा ली दर्ता गरेर संचालित उक्त फार्म मा १०३ वटा बाख्रा रहेका छन । स्थानीय खरी जात र बोयर जात गरि दुई जाती बाख्रा यहाँ पालिएको छ ।

पछिल्लो समय नेपालमा बाख्रा पालनमा युवाहरु को आकर्षण बढ्दो छ । यसै पनि कोराना महामारीको लकडाउन पछाडी वैदेशिक रोजगारी मा रहेका १५-२० लाख नेपाली फर्किने अनुमान लगाइएको छ यस्तो मा बाख्रा पालक किसान को संख्या बढ्ने अनुमान लगाउन सकिन्छ ।

बाख्रा पालन मा खासगरी घाँस र खोर ब्यवस्थापन नै महत्त्वपूर्ण हुने बताउँछन ब्यवसायी सुरज सापकोटा । बाख्रा पालनको सोच बनाउनु निकै राम्रो कुरा हो । बाख्रा पालन सुरु गर्नुभन्दा छ महिना पहिला नै घाँस लगाउने सल्लाह दिन्छन सुरज सापकोटा ।

नेपाल को सबै भुभाग बाख्रा पालनको लागि उपयुक्त छ भने खास गरि पहाडी भाग अझै उपयुक्त मानिन्छ । बिस वटा माउ र एउटा उन्नत जात को बोका बाट व्यावसायिक बाख्रा पालन सुरुवात गर्न सकिन्छ र बिस्तारै माउ संख्या बढाएर लैजान सकिन्छ ।

सवन्धित ज्ञान् भए पुग्ने र ठूलो लगानि आवश्यक नपर्ने र शैक्षिक ज्ञान कम भएकाले पनि यो पेशा सहजै गर्न सक्ने भएकाले आकर्षण बढ्दै गएको हो ।

साथै सरकारले व्यावसायिक बाख्रा पालनको लागि खोर सुधार लगायत विभिन्न शिर्षक मा अनुदान दिदै आएको छ ।

बाख्रा पालनमा आज लगानी गरेर भोलि नै प्रतिफल खोज्न नमिल्ने बताउछन् व्यवसायी सापकोटा । उहाँ सँग गरिएको कुराकानी उहाँ को बाख्रा फार्म र बाख्रा पालनसग सम्वन्धित महत्वपूर्ण कुरा समेटिएको यो भिडियो तपाईंको लागि ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस