होम क्वारेन्टाइनमा बसेकी महिलाको मृ*त्यु

२० असार, काठमाडौंः कैलालीमा होम क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । कैलालीकोे गोदावरी नगरपालिका वडा नम्बर १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षकी एक महिलाको मृत्यु भएको हो ।

वडा नम्बर १० का अनुसार रवीन्द्र शाहीका अनुसार महिलमा हिजो राति स्वास्थ्यमा समस्या आएको थियो । हिजो राती नै उनको मृत्यु भएको शाहीले बताए ।

भारतबाट गत जेठ २६ गते नेपाल आइपुगेकी उनी आफ्नै घरमा होम क्वारेन्टाइनमा थिईन् । अध्यक्ष शाहीका अनुसार महिलामा प्यारालाइसिस र रक्तचापको समस्या थियो ।

मृत्युपछि भने उनको कोरोना परिक्षणका लागि स्वाब नमुना संकलन गरिएको छ

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस