मनकामना माताको दर्शन गर्दै २०७७ साल असार २१ गते आइतबारको राशिफल हेर्नुहोस्

२०७७ साल आषाढ शुक्लपक्ष असार २१ गते आइतवार पूर्णिमा(व्यास जयन्ति) तिथि पूर्वषाढा नक्षत्र चन्द्रमा धनु राशिमा

मेष राशी : पिताजी सँग मिलेर गरेको काम बाट आर्थिक लाभ हुनुका साथै रोकिएको काम वन्नेछ । कतै सभा वा साहित्य क्षेत्रको कार्यक्रममा सहभागिता हुने अवसर मिल्न सक्ने देखिन्छ । मनमा आनन्द छाउने छ ।

वृष राशी : अचानक आर्थिक लाभको समय छ । व्यपार व्यवसायमा भने राम्रो हुदै जानुका साथै फसेको सामान वा नगद आउने छ । घर परिवारमा मन रमाउनुका साथै कतै यात्राको अवसर प्राप्त होला।

मिथुन राशी : दाम्पत्यजीवनमा मत मतान्तर वा पुरानो समस्या थियो भने कम भएर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । पाटनरसिपमा मिलेर गरेको व्यपारमा फाइदाको साथै धन वृद्धि हुनेछ ।

कर्कट राशी : स्वास्थ्य समस्या थियो भने ठूलोरुप लिन सक्छ सतर्क रहनु होला । शत्रुको कारण काममा अवरोधको साथै मनमा अशान्ति हुन सक्छ । जागीरमा भने प्रशंसाको पात्र वन्न सक्नु हुनेछ ।

सिंह राशी : लगानि गर्नु पूर्व धेरै सोच विचार गरेर मात्र लगानी गर्नु होला अन्यथा समस्यामा पर्न सक्नुहुनेछ । प्रेमलाइ विवाहमा परिणत गर्न चाहानु हुन्छ भने राम्रो समय छ । मनमा आनन्दको साथै सुख छाउनेछ ।

कन्या राशी : कृषि क्षेत्रवाट लाभको साथै चौपायको सुख प्राप्त होला । मनमा भएको संका वा रिस कम भएर जानुका साथै साथी भाइसँगको सम्वन्धमा सुमधुरता छाउने छ ।

तुला राशी : कतै रमाइलो यात्रा गर्ने अवर प्राप्त हुनुका साथै जागिरमा पदोन्नतिको सम्भावना छ । नयाँ कामको अवसर प्राप्त हुन सक्छ तर पाटनरले भने काममा धोका दिने सम्भावना छ ।

वृश्चिक राशी : अचल सम्पति किन बेचको समय छ । व्यपार वा व्यवसायवाट केही आर्थिक लाभ पनि हुन सक्ने देखिन्छ । पहिल्यै गरेको लगानीमा भने समस्या देखा पर्न सक्ला रिसलाइ कन्ट्रोल गरेर काममा जादा राम्रो हुनेछ ।

धनु राशी : जागिर वा व्यवसायबाट हौसला मिल्नेछ । लगानीको साथै साथीभाइ सँगको भेटले मन रमाउने छ । तपाइको शत्रु भएका व्यत्तिहरुपनि मित्र बनेर आउने छन् ।

मकर राशी : धन लाभको साथै तपाइले विश्वास गरेको व्यत्तिले धोका दिन सक्नेछ । रामाइलो माहोलमा जान पाउने अवसर प्राप्त होला तथा नयाँ व्यत्तिसँगको भेटले मन रमाउने छ ।

कुम्भ राशी : देश विदेशबाट लाभ प्राप्त होला नयाँ कामको अवसर प्राप्त हुन सक्ला । नयाँ काममा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ । शत्रुको कारण भने अचल धनमा समस्या देखिने छ ।

मीन राशी : साहित्य क्षेत्रमा मन रमाउनुका साथै नयाँ कामले गर्दा नयाँ साथी भाइ भेटिने छन् । घर परिवारमा रमाइलो वातावरण हुनेछ भने आर्थिक समस्या भने पर्न सक्ला ।

यो राशिफल ज्यो जीवन पौडेलले तयार पार्नुभएको हो । उहाँ केटीएम दैनिकसँग आबद्ध हुनुहुन्छ ।

Tags :ज्याे. जिबन पाैडेल

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस