छाक टार्न नै धौधौ भएपछि लहानमा रिक्सा मजदुरले निकाले खबरदारी जुलुस लकडाउन बाट प्रभावित सिटि रिक्सा चालकहरुले सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्शन गरेका छन्। लकडाउन को कार…..

लकडाउन बाट प्रभावित सिटि रिक्सा चालकहरुले सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्शन गरेका छन्।

लकडाउन को कारण रोजगारी गुमाएका सिटि रिक्सा चालकहरुले आफ्नो माग राख्दै नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन्।

लामो समयदेखि लकडाउन भएका कारण दैनिक गुजारा चलाउन समस्या भएपछी आन्दोलन गर्नुपरेको सिटि रिक्सा चालक सिब कुमार महतो बताउँछन् ।

उनी भन्छन् “नेपालमा लकडाउन खुकुलो भयो सबै पसलहरु खुला छन् तर सिटि रिक्सा श्रमिकहरु मारमा परेका छन्। उनीहरु तीन महिना देखि रिक्सा चलाउन नपाउदा परिवारको छाक टार्न गाह्रो छ । रिक्सा किन्दा धेरैले बैंकक बाट ऋण ,कर्जा लिएर रिक्सा खरिद गरेको हुन्छ, अहिले बैंकको ब्याज तिर्न ठुलो समस्या भएको छ।”

सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्शनमा निस्किएका सिटि रिक्सा चालकहरु । तस्विर महेश सिंह
सिरहाको लहान नगर भित्र रहेर रिक्सा चलाएरै जिविकोपार्जन गरेका ९६ जना रिक्सा चालकहरु आ -आफ्नो सवारी लिएर सडकमा और्लिएका हुन ।

लहान ३ को पुरानो बसपार्क देखि सुरु गरिएको बिरोध र्‍याली जय नेपाल चिया पसल अगाडी आएर कोण सभामा परिणत भएको थियो।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस