किस गर्न र मास्क खोल्न नपाईने सर्तमा यौनबजार खुल्यो

काठमाडौं । विश्वभर लागु गरिएका लकडाउनका बन्द भएको यौन व्यवसाय पुनः खुला गरिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वेश्यालय र रेडलाइट एरिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् ।

यी देशमा अब यौनकर्मी र ग्राहकहरु रेडलाइट एरियामा जान पाउँछन् तर किस गर्न पाउँदैनन् । उनीहरुले जोडले सास फेर्न पनि पाउने छैनन् । थाइल्याण्डको राजधानी बैंककको रेडलाइट एरिया ३ महिना बन्द रहेपछि १ जुलाइदेखि खुलेको छ ।

थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना संक्रमणको एउटा पनि स्थानीय केस नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौनकर्मीहरु आफ्नो काममा फर्किएका छन् ।

सुशान्त सिंह राजपुतको निधनले धेरैलाई दुखी बनाएको छ ।

३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका थिए ।
रक्षा बन्धनमा भाइ चाहियो भनेर ४ छोरीले जिद्दी गरेपछि ३ वर्ष भाकल गरेर जन्मेका थिए सुशान्त
उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो ।

उनको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।

बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।

४ दिदी बहिनी बिक्षिप्त बनेका छन् । उनकी जेठी दिदी (अमेरिकामा बस्ने) कृति सिंहले उनको सम्झनामा बिभिन्न पोष्ट गरिरहेको हुन्छिन् ।

शनिवार पनि उनले उनको भाइले पठाएको चिठ्ठी फेसबुकमा शेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस