मनछुने भनाईहरु – ढुङ्गाको रहेछ त्यो मुटु जति पगाल्न खोजे पनि सकिन उल्टै मेरो मुटु टुक्रेर गए

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. मलाई जति भुल्ने कोशिश गर म फेरी याद आउनेछु,तिमी थाक्नेछौ मलाई भुल्ने कोशिशमा तब तिमी पानी पिउनेछौ तर म त्यही पानीमा पनि बाडुली बनेर सताउनेछु ।

२. वियोगको पिडा लियर हाँसे तिम्लाई खुसी दियर हाँसे तिमी संग छुटेर जिउनु पर्दा घुटु-घुटु आँशु पियर हाँसे ।

३. संसारकै सबैभन्दा वजनदार वस्तु मन रहेछ आज थाम्न र सहन नसक्ने गरी गरुङ्गो हुँदैछ अनि साह्रै हल्का चाहिँ आँसु रहेछ अडिनै नसकी टिलपिल गर्दै झर्दैछ ।

४. जिन्दगीमा कसैको लागि पनि नरुनु किनकि जसको लागि तिमी रुँदै छौ त्यो तिम्रो आँशूको लायक नहुन सक्छ अनि जो तिम्रो आँशूको लायक छ त्यसले तिमीलाई रुने मौका दिने छैन ।

५. मैले त तिम्रो इच्छा पुरा गर्न तिमी संग माया लाएको थिए तर मलाई के थाहा मलाई छोड्ने तिम्रो पहिलो इच्छा हुन्छ होला भनेर ।

६. जब तिमीले पनि धोका पाउनेछौ अनि थाहा हुने छ मेरो आशुको मुल्य कति थियो भनेर ।

७. ढुङ्गाको रहेछ त्यो मुटु जति पगाल्न खोजे पनि सकिन उल्टै मेरो मुटु टुक्रेर गए ।

८. बिस्वास तोडेर गयौ तर तिमीले म जस्तो चोखो माया गुमायौ ।

९. अपरिचितबाट सुरु भएको हाम्रो सम्बन्ध, बिस्तारै तपाईं,तिमी,त हुँदै अपरिचित मै गएर टुङ्गियो ।

१०. हो रैछ माया साच्चै बुद्धि नहुनेले नै गर्दो रहेछ जस्तै म ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।
Source-https://esuccessquotes.com/

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस