भारतमा एकैदिन २४ हजार बढी कोरोना संक्रमित फेला, ६ सय बढीकाे मृत्यु

काठमाडाैं, २१ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतमा शनिबार मात्रै २४ हजार १५ नयाँ संक्रमित फेला परेका छन् भने ६ सय १० जनाकाे मृत्यु भएकाे वर्डाेमिटर्सले जनाएकाे छ । भारतमा एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो ।

याेसँगै अहिले भारतमा काराेनभाइरसबाट संक्रमित हुनेकाे संख्या ६ लाख ७३ हजार ९०४ पुगेकाे छ । काेराेनबाट मृत्यु हुनेकाे संख्या भने १९ हजार२७९ पुगेकाे छ ।

अहिले भातरमा २ लाख ४५ हजार ५६३ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ४ लाख ९ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस