वामदेव गौतम भन्नुहुन्छ: नयाँ पार्टीबाट मलाई यी २ पदमा प्रस्ताव आयो,

 

कास्की खबर :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको समयमा एकले अर्को पक्षका नेताहरुलाई आफूतर्फ तान्ने प्रयास गरेका छन् । बिहीबारदेखि विवाद थप उत्कर्षमा पुगेपछि एकले अर्को पक्षका नेताहरु तान्ने प्रयास गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ता र संवादलाई निरन्तरता दिएका छन् ।

पछिल्ला संवाद र घटनाक्रम हेर्दा नेकपामा एकले अर्कोलाई गलाउनेगरी छलफल चलिरहेका छन् । तर, शुक्रबारको वार्तामा शनिबार बिहान बैठकअघि संवाद गर्ने सहमति गरेका ओली र प्रचण्डबीचको वार्ता अनिश्चित बनेको छ । शनिबार बिहान फोन गरेर प्रधानमन्त्री ओलीले सोमबारसम्मका लागि समय मागे । त्यसपछि बैठक स्थगित भयो भने प्रचण्डसँगको भेटवार्ताको समय दिउँसो ४ बजेका लागि सर्यो ।

दिउँसो चार बजे पनि ओली र प्रचण्डबीच वार्ता हुन सकेन । प्रधानमन्त्रीले आफू व्यवस्त रहेकाले भोलि अर्थात आइतबार बिहान १० बजे छलफलका लागि प्रस्ताव गरे । ओलीले शनिबार बिहानैदेखि विभिन्न पक्षसँग पार्टीको आन्तरिक विवाद र निकासका विषयमा छलफल गरेका छन् । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग निवासमै छलफल गरे ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस