कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे निधन

काठमाडौं ।आज हामिले निकै कै दु:खद खबर प्राप्त गरेका छौ । यो खबर आज धेरै नै पीडा भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे ९६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति निधन भएकाे हो ।

स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ । घिसिङका बुबा कृपासिंङ घिसिङको गत राती ९८ बर्षको उमेरमा निधन भएको हो । रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी कृपासिंह घिसिङ पछिल्लो समय छोराहरुसँग काठमाडौंमा

बस्दै आउनुभएको थियो । घिसिङ टोल सुधार समिति डहुको संरक्षक समेत रहनुभएका घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भइ उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको परिवारका आफन्तले जनाएको छ । मृतक घिसिङका आज नै अन्त्यष्टि गरिने

परिवारले बताएको छ । परिवारका अनुसार आज बिहान १० बजेट तामाङ गुम्बाबाट स्यम्भुमा लगेर अन्त्येष्टि गरिनेछ । समाचार पढिसकेपछी एक एक शेयर गर्नुहोला ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस