के हाे टन्सिल ? टन्सिलबाट पीडित हुनुहुन्छ ? यस्ता छन् घरायसी औषधि

टन्सिलका कारण तपाईले धेरै दुख पाउनु भएको होला । मौसममा आउने परिवर्तन पछि रुघा लाग्ने र टन्सिल हुने सामान्य जस्तै भएको हुन्छ । सामान्यता मौसममा आउने परिवर्तनका साथै चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या पर्छ । राम्रोसँग खान र पानी निल्न पनि नसक्ने भएपनि खानपानमा समस्या नपर्ने कुरै भएन। टन्सीलबाट दुख पाएर मानिसहरु मेडिकलबाट विभिन्न खालका औषधि ल्याएर खाने गर्छन् । तर टन्सिलको उपचारका लागि घराउसी विधिले निकै फाइद पुग्छ ।

किन हुन्छ टन्सिल

हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट बचाउँछ । तर, कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ ।

घरायसी उपचार

यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नून हालेर मुख कुरा गर्नुहोस् यसबाट निकै लाभ हुन्छ । हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ ।

लसुन या ल्वाङ

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

चूक अमिलो

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।

बेसार

कुला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नु भन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर पीउनाले राहत मिल्छ ।

पानीको प्रयोग

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ। पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ । यस्तो अवस्थामा महले पनि फाइदा पु-याउँछ ।

हर्वल चीया

टन्सिल हुँदा हर्वल चीया पिउदा पनि आराम मिल्छ । कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ ।
तुलसीवाला चिया पनि टन्सिलका लागि फाइदा हुन्छ । यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच थोरै चुकअमिलो एक कप पानीमा उमालेर छानी खानु फाइदाजनक हुन्छ ।

चिकेन सुप

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।

थप जानकारीः

के हो टन्सिलाइटिस ?

बालबालिकामा देखिने टन्सिलको समस्यालाई प्राय: हामी मामुली ठान्ने गर्छौं । टन्सिल दुख्ने सामान्य समस्याको उचित उपचार नभए भविष्यमा मुटुको भल्भ बिग्रिने, बाथ, मुटु रोग हुन सक्छ । यो रोगले गर्दा मुटुको शल्यक्रिया गरेर भल्भ फेर्नुपर्ने अवस्था आउन सक्छ । रोगीले शल्यक्रियापछि समेत जीवनभर औषधि खाइराख्नुपर्ने हुन्छ ।

घाँटी दुख्ने साधारण समस्याबाट सुरु भएर अन्त्यमा मुटुको भल्भलाई क्षति पुर्‍याई यो रोगले मुटुलाई अत्यन्तै कमजोर बनाउँछ र रोगीको मुटु फेल हुन्छ । यसैले विशेषज्ञहरू टन्सिलको समस्या भए चिकित्सकीय सल्लाह आवश्यक रहेको बताउँछन् । यद्यपि वर्षभरि नै टन्सिलाइटिसको समस्या हुने गर्छ तथापि हाम्रो मुलुकमा जाडो सुरु हुनलाग्दा यो समस्या बढी मात्रामा हुने गर्छ ।

टन्सिलले अबका चार महिना बढी दु:ख दिने उल्लेख गर्दै वरिष्ठ कान, नाक, घाँटी विशेषज्ञ डा. राकेशप्रसाद श्रीवास्तव भन्छन्, ‘वयस्कलाई यो समस्या देखिए पनि मुख्यत: ३ देखि ८ वर्षका बालबालिकालाई यसले बढी सताउने गर्छ । ’हाम्रो मुलुकमा टन्सिलको समस्याबारे कुनै विस्तृत अध्ययन भएको छैन ।

अमेरिकन एकेडेमी अफ ओटोल्यारिङ्गोलजी हेड एन्ड नेक सर्जरीका अनुसार, अमेरिकाका करिब सबै बालबालिका कम्तीमा एक पटक टन्सिलको समस्याले आक्रान्त हुने गर्छन् । चिकित्सा र शल्यक्रियाको क्षेत्रमा उपचारको प्रगतिले गर्दा हाल टन्सिलबाट उत्पन्न जटिलताका कारण मृत्यु हुने घटना बन्दप्राय: भएको छ ।

यो मुख्यत: भाइरस वा ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । भाइरसले गर्दा हुने टन्सिलाइटिसमा लाक्षणिकबाहेक कुनै खास उपचार आवश्यक नरहेको अाैँल्याउँदै डा. श्रीवास्तव भन्छन्, ‘ब्याक्टेरियाले गर्दा संक्रमण भएको भए एन्टिबायोटिकको माध्यमले उपचार गर्नुपर्ने आवश्यकता हुन सक्छ ।’

तर, तपाईंलाई भाइरस ब्याक्टेरियाको संक्रमणले गर्दा टन्सिलाइटिस भएको हो भन्ने कुरा सामान्य व्यक्तिले छुट्टयाउन सक्दैन । भाइरसले गर्दा हुने यो समस्यामा टन्सिलमा रातोपना देखिन्छ, यसमा पस प्वाइन्ट (पिप भरिएको ठाउँ) देखिँदैन । तर ब्याक्टेरियाले गर्दा यो संक्रमण भए टन्सिलमा पिप भरिएको ठाउँ देखिन्छ, घाँटीको ग्रन्थी सुन्निन्छ ।

भाइरसले हुने यो समस्या ५–६ दिनसम्म रहन्छ । ब्याक्टेरियाले गर्दा हुने टन्सिलाइटिस ८–१० दिनसम्म लम्बिन सक्ने डा. श्रीवास्तव बताउँछन् । बालबालिका र वयस्कमा टन्सिलाइटिसको लक्षण उस्तै हुन्छ । एक पटक टन्सिलाइटिस भएपछि पुन: ६ महिनामा हुनु सामान्य नै हो । तर यदि वर्षमा ५ पटक वा योभन्दा बढी यो समस्या देखियो भने यसलाई ‘क्रोनिक/पुरानो’ समस्या ठानेर शल्यक्रिया गर्ने सुझावसमेत दिइन्छ ।

टोन्सिल्याक्टोमी नामक शल्यक्रियाको माध्यमले टन्सिललाई झिक्नु कतिपय समय आवश्यक भए पनि यो गराउनुभन्दा अघि दुई तीन जना विशेषज्ञको सल्लाह लिनु राम्रो मानिन्छ । विशेषज्ञ चिकित्सकको सल्लाहमा अन्य विकल्प नहुँदा बारम्बार यो समस्याले दु:ख दिन थाले मात्र टन्सिलको शल्यक्रिया गरिन्छ ।

अर्थात्, बारम्बार टन्सिलाइटिस हुनु भनेको टन्सिल नै अति कमजोर हुनु हो, त्यसैले यसले शरीरको रक्षा गर्न सकिरहेको हँुदैन । यस्तो अवस्थामा टन्सिलले ब्याक्टेरियालाई आफूभित्र लुकाएर राख्ने काम मात्र गर्छ । टन्सिलाइटिसको समस्या हुने अधिकांशले पसलेसँग सोधेर औषधि सेवन गर्ने तथ्य औंल्याउँदै डा. श्रीवास्तव सचेत गराउँछन्, ‘तपाईंलाई एन्टिबायोटिक आवश्यक छ वा छैन, वा कस्तो लाक्षणिक उपचार चाहिन्छ भन्ने निर्णय चिकित्सकलाई गर्न दिनु नै बुद्घिमानी हो ।’

केही टन्सिलाइटिसमा एन्टिबायोटिकलगायतका औषधिले उपचार गर्नु आवश्यक हुने जनाउँदै डा. श्रीवास्तव भन्छन्, ‘विशेषज्ञको माध्यमले वास्तविक समस्या पहिचान नगरी सय रुपैयाँभन्दा सस्तो एन्टिबायोटिक सेवन नगर्नुको दण्ड भविष्यमा मुटु रोग, भल्भसम्बन्धी विकृति, मृगौलालगायतका जटिलताले चुकाउनु परेको तथ्य पनि सबैसामु छर्लङ्गै छ ।’ टन्सिल हुँदा चिसो/गुलियो बार्नुको वैज्ञानिक तथ्य छैन ।

टन्सिलाइटिसको समस्या देखिनेबित्तिकै हाम्रो समाजमा चिसो, गुलियोलगायत बार्ने चलन छ । तर यसका पछाडि कुनै वैज्ञानिक तथ्य छैन । ‘चिकित्सकले चिसो, अमिलो, पिरो आदि नखाने सल्लाह बिरामीको सन्तुष्टिका लागि मात्र दिन्छन् । यो बार्नु पछाडि कुनै वैज्ञानिक तथ्य छैन,’ डा. श्रीवास्तव भन्छन्, ‘टन्सिलमा केही बार्नु आवश्यक छैन ।’

के हो टन्सिल ?

हाम्रो मुखभित्र घाँटीका दुवैतर्फ देखिने बदाम आकारको अंग नै टन्सिल हो । टन्सिल लिम्फेटिक प्रणालीको एउटा खण्ड हो । यो प्रणालीले संक्रमणलाई हटाएर शरीरको तरल पदार्थलाई सन्तुलनमा राख्छ । यसैले टन्सिललाई घाँटीको द्वारपालसमेत भन्ने गरिन्छ । टन्सिलले हामीलाई मुख र नाकबाट आउने कुनै पनि रोगाणुहरूलाई शरीर भित्र जान दिँदैन । अर्थात्, बाहिरी संक्रमणबाट जोगाउँछ ।

के हो टन्सिलाइटिस ?

हाम्रो टन्सिलमा हुने संक्रमणलाई नै टन्सिलाइटिस भनिन्छ । टन्सिलले मुख वा नाकको माध्यमले शरीरमा प्रवेश गर्न लागेको जीवाणुसँग भिडेर यसलाई सखाप पार्ने गर्छ र यस क्रममा कहिलकाहीं आफू सुन्निएर संक्रमितसमेत हुने गर्छ । यसो हुँदा हामीले आफूलाई टन्सिलाइटिस भएको भन्छौं ।

यदि हाम्रो टन्सिल बलियो छ भने यसले हाम्रो शरीरमा रोगलाई जानबाट रोक्नुको साथै आफू पनि रोग वा संक्रमणबाट बच्छ । यो संक्रमण ब्याक्टेरिया वा भाइरसले गर्दा हुन्छ । तर यो ढुसी र परजीवीले गर्दा पनि हुन सक्छ । अर्थात्, टन्सिल सुन्निनु नै टन्सिलाइटिस हो। यसअन्तर्गत कहिलेकाहीं घाँटीको ग्रन्थी पनि सुन्निन्छ ।

टन्सिल सर्छ ?

टन्सिल एक व्यक्तिबाट अर्कोमा सर्ने रोग होइन । तर टन्सिलाइटिस उत्पन्न गर्ने भाइरस र ब्याक्टेरिया एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । खोक्दा वा हाच्छिउँ गर्दा टन्सिलाइटिस उत्पन्न गर्ने भाइरस वा ब्याक्टेरिया संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ । यसैले बालबालिकालाई संक्रमणबाट जोगाउन टन्सिलाइटिस वा घाँटीको दुखाइ भएकाहरूको सम्पर्कमा राख्नु हुँदैन । निरन्तर साबुनपानीले हात धुने गर्दा यो संक्रमणबाट बँच्न सकिन्छ ।

लक्षण

-घाँटी दुख्नु

-घाँटीको ग्रन्थी सुन्निनु

-ज्वरो आउनु

-टन्सिल रातो देखिनु

-टन्सिलमा सेतो वा पहेँलो तह देखिनु

-खाना/थुक निल्दा अप्ठयारो हुनु

-सास गन्हाउनु

-टाउको दुख्नु

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस