सरिता गिरीलाई समाजवादी पार्टीको कारबाही, पार्टी र सांसद पद दुवैबाट हटाइने तयारी

२३ असार, काठमाडौंः नेपालको नक्साको विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा आएकी सरिता गिरीलाई उनी आवद्ध समाजवादी पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी भईरहेको छ । गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीले वैठक बसिरहेको छ ।

गिरीले संविधान सभामा नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीका लागि अर्को प्रस्ताव दर्ता गरेकी थिइन । उनले निशान छाप स्रशोधन प्रस्तावको पक्षमा मतदान समेत गरेकी थिईन् । उनले गरेको यस्तो प्रस्तावको बारेमा समाजवादी पार्टीले उनलाई स्पष्टिकरण मागेको थियो । तर, गिरिले चित्तबुझ्दो जवाफ नआएकाले उनीलाई कारबाही गर्नेै तयारी भएको हो ।

पार्टीका अनुसार गिरीलाई कारबाही गर्न आज अन्तिम निर्णय हुँदैछ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस