चीनले दियो भारतलाई धम्की, छोएर त देखाउ

एजेन्सी । दुई छिमेकी मुलुक भारत र चीनबीचको तनाव बढिरहेको बेलामा तिब्बत मामलामा भारतले कुनै कदम चाले त्यो घातक हुने चेतावनी चीनले दिएको छ।

चिनियाँ कम्युष्टि पार्टीसँग सम्बन्धित पत्रिका ग्लोबल टाइम्सले एक सम्पादकीय मार्फत भारतलाई धम्की दिएको हो। उक्त पत्रिकालाई चीन सरकारको मुखपत्रको रुपमा पनि लिने गरिएको छ ।

पत्रिकाको सम्पादकीयमा लेखिएको छ कि केही भारतीय मिडियाले यस मुद्दाबारे कुरा उठाइरहेका छन् । भारतले तिब्बत कार्डलाई प्रयोग गर्न सञ्चारमाध्यमले सुझाव दिएको भन्दै यस्तो गरिए परिणाम गम्भीर हुने चेतावनी दिइएको छ।

प्रस्तावित तिब्बत कार्ड भारतीय अर्थतन्त्रका लागी हानिकारक शीर्षकमा प्रकाशन भएको लेखमा भारतमा केही मासिनलाई तिव्वत कार्ड प्रयोग गर्दा भारतलाई फाइदा पुग्ने लागि रहेको छ तर यो घातक छ ।

चिनियाँ पत्रिकामा लेखिएको छ तिव्वत चीनको आन्तरिक मामला हो र यस मुद्दालाई छुन हुँदैन।

ग्लोबल टाइमले तिब्बतको विकासका बारेमा पनि लेखेको छ । उक्त लेखमा स्वायत्त क्षेत्रको तुलनामा अहिले तिब्बतले धेरै विकास गरेको छ।

ग्लोबल टाइम्सका अनुसार चीन विरोधी केही शक्ति तिब्बतको मुद्दालाई प्रयोग गरेर चीनको वान चाइना पोलिसीको विरुद्ध उक्साउने काम गर्छ । तर यस्तो प्रयत्न असरदार हुने उसले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस